PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपाली फिल्ममा देखिने भए सुनिल सेट्टी, फिल्म ‘एक्स ९’मा अनुबन्धित



नेपाली फिल्ममा देखिने भए सुनिल सेट्टी, फिल्म ‘एक्स ९’मा अनुबन्धित
फोटो : मुकुन्द भट्ट/फेसबुक।

बलिउड अभिनेता सुनील सेट्टी नेपाली फिल्ममा देखिने भएका छन्। उनी निर्देशक मुकुन्द भट्टले बनाउन लागेको फिल्म ‘एक्स ९’मा अनुबन्धित भएका हुन्।

अभिनेता सेट्टीलाई भिलेनको लागि अफर गरिएको थियो। केही समयअघि मात्रै निर्देशक भट्ट सेट्टीलाई भेट्न मुम्बई पुगेका थिए। साथै, उनले सेट्टी काम गर्न सकरात्मक रहेको समेत उल्लेख गरेका थिए।

यसैबीच, निर्देशक भट्टले सुनिल सेट्टीसँगको फोटो सेयर गर्दै सेट्टी फिल्ममा काम गर्न तयार भएको फेसबुकमार्फत जानकारी दिएका छन्।

‘सुनील सरसँग निर्देशक भएर काम गर्न पाउँदा खुसी लागेको छ। हाम्रो भूमि नेपालमा तपाईंलाई स्वागत छ,’ उनले लेखेका छन्।

 

भट्टले फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर फिल्म भनि दाबी गरेका छन्। फिल्मको आधिकारिक घोषणा छिट्टै हुने पनि निर्देशक भट्टले उल्लेख गरेका छन्।

फिल्ममा अभिनेता अनमोल केसीका साथै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, अनुप विक्रम शाहीलगायतको भुमिका रहनेछ। फिल्मको छायाङ्कन भने तिहारपछि शुरु हुने बताइएको छ। यसअघि पनि भट्टले फिल्म ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ निर्देशन गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell