PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

जीवितै रहेका पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्तालाई मुख्यमन्त्रीको श्रद्धाञ्जलि



जीवितै रहेका पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्तालाई मुख्यमन्त्रीको श्रद्धाञ्जलि

वीरगंज : नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ता केही दिनदेखि बिरामी थिए। सिरहाको लहानका बासिन्दा समेत रहेका उनलाई विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार गरिएको थियो।

चिकित्सकले उनको अवस्था सिकिस्त रहेको र बाच्ने अवस्था न्यून रहेकोले परिवारजनलाई घर लैजान सुझाएका थिए। त्यसपछि उनलाई अक्सिजनमा राखेर घर लगियो।

तर, सामाजिक सञ्जालमा भने उनको निधन भएको खबर फैलिइसकेको थियो। थुप्रै न्युज पोर्टल र सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जलि दिनेहरुको ओइरो लाग्यो।

त्यतिमात्रै नभई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समेत विज्ञप्ति निकालेर श्रद्धाञ्जलि दिन भ्याए। तर, गुप्ता हाल जीवितै रहेको र उपचारको क्रममा फेरी घरबाट विराटनगरको एक अस्पतालमा लगिएको सिरहाका पत्रकार सुरेन्द्र काम्तिले बताए।

‘उनको अवस्था नाजुक छ, घर आएपछि उनी आफै आफ्नो खुटामा उभिन खोजेका थिए’, उनले भने, ‘त्यसपछि निधनको समाचार लेख्ने साइटहरुले समाचार सच्याएर फेसबुकमा लेखेको श्रद्धाञ्जलि डिलिट गरेका छन्।’

नेपाल पत्रकार महासंघ पर्साका महासचिव श्याम बन्जाराले सञ्चार माध्यम र सामाजिक सञ्जालमा भ्रामक र गलत समाचार तथा अभिव्यक्ति आएको स्पष्ट पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell