PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

कांग्रेस वरिष्ठ नेता पौडेल सुदूरपश्चिम निस्किए, महामन्त्री कोइराला भारततिर : विमानस्थलमा भेट



कांग्रेस वरिष्ठ नेता पौडेल सुदूरपश्चिम निस्किए, महामन्त्री कोइराला भारततिर : विमानस्थलमा भेट
त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरु। फोटो : खिला कार्की

काठमाडौं  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सुदूरपश्चिम प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका छन्। यता कांग्रेस महामन्त्री डा शशांक कोइराला भारत भ्रमणमा निस्किएका छन्। त्यसैगरी रक्षामन्त्री डा मीनेन्द्र रिजाल पूर्व भ्रमणमा निस्किएका छन्।

पौडेल पक्षका नेताहरु पूर्वपश्चिम, दक्षिण निस्किँदा त्रिभुवन विमानस्थलमा भेट भएको थियो।

नेता पौडेल काठमाडौंबाट धनगढी विमानस्थल हुँदै महेन्द्रनगर पुग्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ। दुईदिने सुदूरपश्चिम भ्रणममा निस्किएका पौडेलले आजै महेन्द्रनगरमा बाढी पीडितसँग भेटघाटपछि दिउँसो १२ बजे बेलौरीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसहित बाढी पीडितलाई भेटघाट कार्यक्रम रहेको बताइएको छ।

यता महामन्त्री कोइराला भने भारत प्रस्थान गरेका छन्। त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको कोइरालाको टोली सडकमार्ग हुँदै मुम्बई जाने कार्यक्रम रहेको छ। महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का पनि छन्। भारतीय जनता पार्टीको निमन्त्रणमा कोइराला त्यसतर्फ प्रस्थान गरेको बताइएको छ। भारत पुग्दा कोइरालाले उपचाररत कांग्रेस नेता प्रदीप गिरीलाई समेत भेट्ने कार्यक्रम रहेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell