PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओलीले सरकार ढलाएर ढल्दैन : रामचन्द्र पौडेल, 'अर्ली इलेक्सन सम्भव छैन'



ओलीले सरकार ढलाएर ढल्दैन : रामचन्द्र पौडेल, 'अर्ली इलेक्सन सम्भव छैन'

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले 'अर्ली इलेक्सन' सम्भव नहुने बताएका छन्। सुदूरपश्चिमको दुई दिने भ्रमणका लागि धनगढी पुगेका वरिष्ठ नेता पौडेलले यस्तो भनाई राखेका हुन्।

संसद पुर्नस्थापनाको मुद्दामा कांग्रेस अघि बढेको हुनाले अर्ली इलेक्सनको पक्षमा हुनै नसक्ने पौडेलको जोड थियो। 'हामी अर्ली इलेक्सनको पक्षमा छैन। यसबारे पार्टीमा छलफल पनि भएको छैन। हुनुपनि हुँदैन। संसद पूरा कार्यकाल जानुपर्छ,' वरिष्ठ नेता पौडेलले भने।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्ने कुरा गरेकोप्रति उनले अचम्म व्यक्त गरे। ओलीले सरकार ढाल्छ भनेको छ नि? सञ्चारकर्मीको जिज्ञासामा पौडेलको जवाफ थियो, 'सरकार ढालेर ढल्दैन।'

अन्तर्क्रियाकै क्रममा पौडेलले महाधिवेशन सक्दो चाँडो हुनुपर्ने बताए। यद्यपि कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै नसुल्झेकाले तोकेको समयमा महाधिवेशन नहुने देखिएको छ। यससम्बन्धी प्रश्नमा पौडेलको जवाफ थियो, 'महाधिवेशन छिटो हुनुपर्छ। वैधानिक प्रक्रियालाई नछोडी गर्नुपर्छ।'

उनले पार्टीको क्रियाशील सदस्यतामा धाँधली भएको उल्लेख गरे। 'यो जघन्य अपराध हो। निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ,' पौडेलले भने। उनले डडेल्धुरामा कांग्रेसका अधिवेशनहरु दोहोर्‍याएर हुनुपर्ने बताए। बाढीपहिरो पीडित क्षेत्र हेरेपछि राहतको प्याकेजका लागि सरकारसँग पहल गर्ने पौडेलको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell