काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको भ्रमणमा निस्कँदैछन्। त्यहाँ बाढीपहिरोबाट भएको क्षतिको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री देउवाको टोली त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री देउवाको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमभन्त्री भवानीप्रसाद खापुङलगायत रहेन प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको टोलीले इलाममा विभिन्न क्षेत्रमा हेलिकोप्टरबाट निरीक्षण गर्ने छन्। त्यसैगरी पाँचथरका विभिन्न क्षेत्रमा पनि देउवा पुग्ने कार्यकम्र रहेको छ। त्यसपछि सुनसरी र मोरङ पुगेर देउवा आजै साँझ काठमाडौं फर्कनेछन्। असोजको अन्तिम दिनबाट शुरु भएको बेमौसमी वर्षाले ल्याएको बाढीपहिरोबाट प्रदेश १ मा मात्र ६६ जनाको मृत्यु भएको छ। बाढीपहिरोका कारण देशभर १११ जनाको ज्यान गइसकेको छ भने धानबालीमा ठूलो क्षति पुगेको छ।
यसअघि देउवाले सुदूरपश्चिमका बाढीपहिरो ग्रस्त क्षेत्र अवलोकन गरेका थिए।