PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

समीक्षापछि पलको स्पष्टीकरण : समीक्षासँग मित्रता र सहकार्यको सम्बन्ध छ



समीक्षापछि पलको स्पष्टीकरण : समीक्षासँग मित्रता र सहकार्यको सम्बन्ध छ

काठमाडौं : गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहको सम्बन्धबारे निकै चर्चा चलिरहेको छ। समीक्षाले मिडियामा आएजस्तो पलसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको स्पष्टीकरण दिइसकेकी छिन्। समीक्षापछि पलले पनि दुवैको सम्बन्धका बारेमा पहिलोपटक मुख खोलेका छन्।

पलले समीक्षा र आफूबीच मित्रता र सहकार्यको सम्बन्ध रहेको बताएका छन्। उनले फेसबुकमा एक स्टाटस् लेख्दै आफूहरुको विषयमा आइरहेका समाचारले दुवैको चरित्रहत्या भएको उल्लेख गरेका छन्।

‘अरु कलाकारहरुसँग जस्तै साङ्गितिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई अवगत नै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथी आच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई निकै दु:खी बनाएको छ,’ उनले लेखेका छन्।

साथै व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने समाचार नबनाउन सम्पूर्ण मिडियालाई पलले अनुरोध समेत गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell