PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन, यस्ता छन् सरकारका निर्णय



बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन, यस्ता छन् सरकारका निर्णय

काठमाडौं : सरकारले बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले हालै बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गृहमन्त्रालयको सचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहने छन्। 

त्यस्तै, सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरी कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले नेपाल पुनर्वीमा कम्पनी लिमिटेड सञ्चालन समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेल नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय पनि गरेको छ।

त्यसैगरी, कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि-२०७८ स्वीकृत गर्ने निर्णय बैठकमा गरिएको मन्त्री कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell