PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मन्त्रिपरिषदद्वारा वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत



मन्त्रिपरिषदद्वारा वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं : सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले जानकारी दिए।

अहिले निगममा डिमप्रसाद पौडेल प्रबन्ध निर्देशक छन्। उनी कार्यकारी थिए। अब कार्यकारी अध्यक्ष अधिकारीमा प्रबन्ध निर्देशकको अधिकार पनि सरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell