काठमाडौं : कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि-२०७८ स्वीकृत भएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा ५ लाख प्रभावित परिवारलाई १० हजार रुपैयाँ बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले सोमवार स्वीकृत गरेको हो।
मन्त्रालयले यसअघि पठाएको प्रस्तावमा सुधार गर्नुपर्ने भन्दै फिर्ता पठाइएको थियो। थप परिमार्जनसहित पठाइको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको हो।
यो कार्यक्रमको लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रतिस्थापन विधेयकमा असोज १५ गते नै प्रभावित परिवारलाई रकम बाड्ने भनिएता पनि कार्यविधि तयार नहुँदा रोकिएको थियो।
यो कार्यक्रमा विशेषगरी कोभिड महामारीबाट रोजगारी गुमाएका कुनै पनि सामाजिक सुरक्षाले नसमेटेका घरपरिवार समेटिने छन्।