PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

मण्डला थियटरमा नाटक ‘जिजीविषा’



मण्डला थियटरमा नाटक ‘जिजीविषा’
Photo: Mandala Theatre Nepal

काठमाडौं : अनामनगरस्थित मण्डला थियटरमा आज नाटक ‘जिजीविषा’ मञ्चन भएको छ। मण्डलामा यो नाटक आज साँझ ५ बजे मञ्चन भएको हो। नाटक भोलि साँझ पनि मञ्चन हुनेछ।

मण्डला ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थीहरुको प्रस्तुती रहेको नाटकलाई नाटककार सोमनाथ खनालले लेखेका हुन्। साथै नाटकमा राजन खतिवडाको निर्देशन रहेको छ।

नाटक ‘जिजीविषा’ माछाहरुको यात्राको कथा रहेको नाटककार सोमनाथ खनालले बताए।

‘यो नाटक माछाको यात्राको बारेमा छ। मुहानदेखि समद्रसम्म पुग्ने यात्रामा माछाले भोग्ने समस्या र संघर्षलाई यस नाटकले देखाउन खोजेको छ। माछाको संघर्षझै मानिसहरुको कथामा समानता छ,’ उनले भने।

कोरोना महामारीबीच स्वास्थ्य मापदण्ड पालना गर्दै सीमित दर्शकबीच नाटक देखाइएको उनले जानकारी दिए। जसअनुसार १५० जना क्षमता सिट भएको थियटरमा केवल ८० जनालाई मात्र नाटक छ।

भोलि मञ्चन भइसकेपछि यो नाटकलाई डिसेम्बर १६ मा युट्युबमा राखिने समेत खनालले जानकारी दिए। जुन ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थीहरुको अन्तिम दिन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell