PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

विश्वकप क्रिकेट : स्कटल्यान्डविरुद्ध अफगानिस्तानको सानदार जित



विश्वकप क्रिकेट : स्कटल्यान्डविरुद्ध अफगानिस्तानको सानदार जित
Photo: T20WorldCup/Twitter

टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा स्कटल्यान्डलाई १३० रनले हराउँदै अफगानिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको हो।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० दशमलव २ ओभरमा अल आउट हुँदै ६० रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको अफगानिस्तानको लागि नजिबुल्लाह जर्दानले सर्वाधिक ५९ रन बनाए। त्यस्तै, रहमानुल्लाह गुर्बाजले ४६, हज्रातुल्लाह जजईले ४४, मोहम्मद सहजादले २२ र कप्तान मोहम्मद नाबीले ११ रन जोडे।

बलिङतर्फ स्कटल्यान्डका सफ्यान शरिफले २ विकेट लिँदा जोश डेभी र मार्क वाटले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रिभ्सले १२ र कायल कोचरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन्। स्कटल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भए।

स्कटल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका मुजीब उर रहमानले सर्वाधिक ५ विकेट लिँदा रासिद खानले ४ र नवीन उल हकले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell