PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मेलम्ची एमालेको नगर अधिवेशन १३ गतेमात्र



मेलम्ची एमालेको नगर अधिवेशन १३ गतेमात्र

मेलम्ची : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कात्तिक १३ गते गर्ने भएको छ। नगर अधिवेशन आयोजक कमिटीको मेलम्ची बजारमा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो।

केन्द्रको निर्णयअनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो।

नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तीका कारण नगर अधिवेशन सार्न लागिएको हो।

उक्त अधिवेशनले नगरमा नेतृत्व चयन गर्ने छ। अधिवेशनलााई व्यवस्थित पार्न सात उप–समिति गठन गरिएको समेत संयोजक अर्यालले जानकारी दिए। वडा अधिवेशनहरु भने भोलि शनिवार नै हुने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell