PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जित



विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जित
Photo: T20 World Cup/Twitter

टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा विजय यात्रालाई कायम राखेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। १३५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ८ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङमा उत्रिएको न्युजिल्यान्डको लागि डेरिल मिचेल र डेभोन कोनवेले समान २७/२७ रन बनाउँदा कप्तान केन विलियम्सले २५, मार्टिन गुप्तिलले १७ र ग्लेन फिलिप्सले १३ रन जोडे।

बलिङतर्फ पाकिस्तानका ह्यारिस राउफले सर्वाधिक ४ विकेट लिँदा शहीन शाह अफ्रिदी, इमाद वासिम र मोहम्मद हाफिजले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३३ रन बनाउँदा सोयब मलिकले २६, असिफ अलीले २७ तथा फखर जमन, मोहम्मद हाफिज र इमाद वासिमले समान ११/११ रन जोडे।

न्युजिल्यान्डका इश सोधीले २ तथा मिचेल स्यान्टनर, टिम साउदी र ट्रेन्ट बोल्टले समान १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell