PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

के डिसेम्बरमा होला त कट्रिना र विक्कीको बिहे?



के डिसेम्बरमा होला त कट्रिना र विक्कीको बिहे?
Photo: hindustantimes.com

बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलबीच सम्बन्ध रहेको लामो समयदेखि चर्चा चल्दै आएको छ। यही चर्चाबीच उनीहरुको बिहे हुन लागेको खबर पनि बाहिरिएको छ।

कट्रिना र विक्कीले आउँदो डिसेम्बरमा बिहे गर्न लागेको भारतीय मिडियाले लेखेका छन्। साथै, उनीहरुले आफनो बिहेको तयारी समेत शुरु गरेको बताइएको छ।

‘उनीहरुको बिहेको पहिरनको डिजाइन चर्चित फेशन डिजाइनर सब्यसाचीले गर्दैछन्। कट्रिनाले र सिल्क फेब्रिक रोजेकी छिन्। उनले बिहेमा लेहंगा लगाउनेछिन्। कट्रिना र बिक्कीको बिहे नोभेम्बर र डिसेम्बरमा हुनेछ,’ टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ

यसअघि पनि कट्रिना  र विक्कीले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो। तर, उनीहरुले भने आफ्नो सम्बन्धको बारेमा केही बोलेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell