PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एमाले महाधिवेशन : पोखरा महानगर कमिटी नेतृत्वका लागि पाँच जनाको उम्मेद्वारी



एमाले महाधिवेशन : पोखरा महानगर कमिटी नेतृत्वका लागि पाँच जनाको उम्मेद्वारी

पोखरा : मंगलवारदेखि शुरु भएको नेकपा (एमाले)को नगर अधिवेशन अन्तर्गत पोखरा महानगरपालिकामा अध्यक्ष पदका लागि ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। पालिकाको नेतृत्वका लागि तेजनारायण अधिकारी, हरिप्रसाद त्रिपाठी, दिलीप न्यौपाने, दीपक पौडेल, धनबहादुर नेपालीले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन्।

अध्यक्ष पदमा उम्मेद्वारी दिएका धनबहादुर नेपाली पोखरा महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष हुन्। यस्तै, उपाध्यक्ष पदमा उमा परियार, सुस्मिता केसी भट्टराई, बैनबहादुर गुरुङ, मोहन गुरुङ र राजकुमारी भुजेलले उम्मेद्वारी दर्ता गराएका छन्। सचिव पदमा जीवन प्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेद्वारी छ।

उप-सविच पदमा १६ जनाले उम्मेद्वारी दिएका छन्। हरिमाया गुरुङ, सीता विक, विष्णु पुन, दुर्गाप्रसाद श्रेष्ठ, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, सिमबहादुर गुरुङ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना गरी १६ जनाले उप-सचिवमा उम्मेद्वारी दिएका हुन्।

महाधिवेशन विधान बमोजिम नगर कमिटीमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ जना उप-सचिव हुने व्यवस्था छ।

यता, कास्कीमा रहेको ५ पालिकामध्ये ३ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ। हिजो भएको अधिवेशनमा मादी गाउँपालिका, रुपा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो।

मादी गाउँपालिका कमिटी अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा र उप-सचिवमा राजु अधिकारी र प्रतिक्षा पौडेल सर्वसम्मत रुपमा चयन भएका छन्। अन्नपूर्ण गाउँपालिका अध्यक्षमा विवेक देवकोटा र रुपा गाउँपालिका अध्यक्षमा सवाबक्स मियाँ चयन भएका छन्।

पोखरा महानगरको नेतृत्व चयनको लागि आज मात्र उम्मेद्वारी दर्ता सकिएको छ भने माछापुच्छ्रे गाउँपालिकामा अधिवेशन स्थगन गरिएको छ। नेतृत्व चयनका लागि आकांक्षी बीचनै सहमति नहुँदा अधिवेशन पालिकामा अधिवेशन स्थगित गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell