PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पूर्व न्यायाधीश लम्सालको निधन



पूर्व न्यायाधीश लम्सालको निधन

काठमाडौं : सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव लम्सालको निधन भएको छ। काठमाडौंको मेडिकेयर अस्पतालमा उपचारका क्रममा उनको ८३ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

उनी २०५८ मा गठन भएको सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए। २०५९ मा सर्वोच्चबाट अवकाश पाएका लम्साल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको आजै अन्त्येष्टि गरिने परिवार स्रोतले जनायो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell