PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

‘फिल्म बजार’मा छनोट भयो नेपाली फिल्म ‘एक मुठ्ठी बादल’



‘फिल्म बजार’मा छनोट भयो नेपाली फिल्म ‘एक मुठ्ठी बादल’

भारतको ‘फिल्म बजार अनलाइन’को को-प्रोडक्सनमा एक नेपाली फिल्म छनोट भएको छ। सहारा शर्माको निर्देशनमा बन्ने फिल्म ‘एक मुठ्ठी बादल’को स्क्रिप्ट छनोट भएको हो।

भारतको नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेशन (एनएफडीसी) ले बुधबार छनोट भएका फिल्महरुको सूची सार्वजनिक गरेको थियो। जसमा नेपालबाट ‘एक मुठ्ठी बादल’ छनौट हुन सफल भएको हो। एनएफडीसीले ११ देशबाट २० फिल्म फिल्म छनोट गरेको छ।

गौँथली इन्टरटेन्मेन्टको प्रोडक्सन रहेको यस फिल्ममा अभिमन्यू दीक्षित र अभिनेत्री ऋचा शर्मा निर्माताका रुपमा रहेका छन्।

केही अप्रत्यासित र दुर्भाग्यपूर्ण घटनाहरू पश्चात आमा र उनको परिवारले वर्षौँदेखिको रहस्य र कुन्ठाहरू कसरी सामना गर्न बाध्य हुन्छन्, त्यही कथामा ‘एक मुठ्ठी बादल’ आधारित छ।

अन्तर्राष्ट्रिय स्तरको फिल्म बजारमा नेपाली फिल्मको स्क्रिप्ट छनोट हुँदा निकै खुसी लागेको बताउँछन् निर्माता अभिमन्यू दीक्षित। भन्छन्, ‘कोरोना महामारीले अहिले सबैतिरको फिल्म क्षेत्रमा असर गरेको छ। अहिले फिल्महलमा मानिसहरु आउन गाह्रो मान्छन्। यस्तो बेला पनि विश्वभरिको फिल्म निर्माण गर्ने र देखाउने कम्पनिसँग सहकार्य गर्नु आफैमा गौरवको कुरा हो।’

नेपाली फिल्ममेकरहरुले विदेशमा बस्ने नेपालीहरुलाई देखाउनको लागि मात्र फिल्म बनाउने उनले बताए। अब भने विदेशमा बस्ने नेपालीलाई मात्र नभई विदेशीलाई सोचेर पनि फिल्म बनाउन पर्ने उनको तर्क छ।

नेपाली फिल्म बजारलाई कसरी विश्वमाझ फैलाउने भनेर फिल्म बजार अनलाइनमा यो फिल्म पठाएको उनी बताउँछन्।

‘२ वर्षदेखि कोरोनाले गर्दा फिल्म बजार ठप्प छ। यस अवधिमा हामीले फिल्मको स्क्रिप्ट लेख्ने काम गर्‍यौँ। ३ महिनाअघि पठाएको स्क्रिप्ट छनोट भएको छ। फिल्म बजारमा प्रोजेक्ट देखाउन निकै प्रतिस्पर्धा हुन्छ,’ उनले भने।

यसअघि सहाराको निर्देशनमा बनेको ‘इन्द्रेणी खोज्दै जाँदा’ किम्फ र टोरन्टो नेपाल फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल भइसकेको छ। गौँथली इन्टरटेनमेन्टबाट फिचर फिल्म ‘बर्दिया सुन्दरी’ समेत बनिसकेका छन्।

फिल्म बजार अनलाइनलाई भारतको ‘राष्ट्रिय फिल्म विकास निगम’ले आयोजना गरेको हो। फिल्म बजार अनलाइनले फिल्मको सह-उत्पादनको कार्य गर्छ।

गत वर्ष यस फिल्म बजारमा नेपालबाट पासाङ दावाको ‘कुहिरो पारीको सहर’ छानिएको थियो। साथै, यसअघि ‘सेतो सुर्य’ पनि छानिसकेको छ। यसपटकको को-प्रोडक्सन मार्केटको कार्यक्रमा आउँदो नोभेम्बरको २० देखि २५ मा भर्चुअल रुपमा सञ्चालन हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell