PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'ओलीले गरेका नियुक्ति गैरसंवैधानिक भएमा बदर हुन्छ, कसैकाे चाहनामा खारेज हुन्न'



'ओलीले गरेका नियुक्ति गैरसंवैधानिक भएमा बदर हुन्छ, कसैकाे चाहनामा खारेज हुन्न'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक आयोगमा आफ्नो मान्छे नियुक्त गरेको भन्ने आरोप झुटो भएको बताएका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अन्तर्वार्ताका क्रममा प्रधानन्यायाधीश जबराले संविधानको व्यवस्था बमोजिमको जिम्मेवारी मात्रै आफूले पूरा गरेको बताएका छन्।

प्रधानन्यायाधीश जबराले भने, ‘न्यायपालिकाका सक्षम व्यक्ति संवैधानिक निकायमा र योग्य व्यक्तिलाई मैले सिफारिस गर्नु पनि मेरो दायित्व हो। त्यहाँ सहमतिका आधारमा निर्णय हुने हो। मैले संविधानको व्यवस्था बमोजिमको जिम्मेवारी पूरा गरेको हो। पार्टीहरुको राजनीतिक स्वार्थ होला तर मेरो त संवैधानिक जिम्मेवारी हो। मैले राजनीति हेर्ने हो?’

उनले मानव अधिकार आयोगमा प्रधानन्यायाधीश, न्यायाधीश वा मानव अधिकार क्षेत्रका मान्छे नै नियुक्ति हुने जिकिर गरे। त्यस्तै, उनले संसद् विघटनका मुद्दामा केन्द्रित हुँदा संवैधानिक नियुक्तिका मुद्दाको सुनुवाईमा ढिलाई भएको स्पष्ट पारे।

‘संवैधानिक नियुक्तिका मुद्दा दश महिना तोकेन भन्ने आरोप लगाइएको छ। तथ्य र प्रमाण सबै हामी कहाँ रेकर्ड छ। यस्ता झुटा आरोप स्वीकार गर्नुपर्छ? रेगुलर रुपमा हामी संसद् विघटनका मुद्दामा केन्द्रित छौँ। जटिल परिस्थितिका निर्णय गरिरहेका छौँ। कोभिड भयो इजलास बस्न सकेन। जब इजलास बस्यो प्रधानन्यायाधीशमाथि प्रश्न उठ्यो तर मलाई बिदामा बस्न आग्रह भयो। तर, त्यही बीचमा अर्को मुद्दा आयो र त्यसमा आदेश भएपछि बेञ्च गठनको विवाद पहिले टुंगो लाग्नुपर्छ भन्ने भयो,’ उनले भने।

नियुक्ति खारेजबारे प्रधानन्यायाधीश जबराले गैरसंवैधानिक निर्णय भएमा खारेज हुने भन्दै कसैको चाहनामा खारेज नहुने बताए। यो विषय संवैधानिक इजलासले हेरिरहेको पनि उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell