PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गणतन्त्र र धर्मनिरपेक्षता असफल भइसक्यो : कमल थापा, 'हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रबारे विचार गरौं'



गणतन्त्र र धर्मनिरपेक्षता असफल भइसक्यो : कमल थापा, 'हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रबारे विचार गरौं'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भइसकेको दाबी गरेका छन्। न्यायापालिकामा न्यायाधीशहरुकै हड्ताल, संसद्मा प्रतिपक्षी दलको अवरोधलगायतका विषयलाई देखाउँदै नयाँ संविधानअनुसार देश चल्न नसकेको जिकिर गरेका हुन्।

शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले अब हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनर्स्थापनाबारे विचार गर्नुपर्ने समय आएकोसमेत बताएका छन्।

'न्यायपालिकामा न्यायाधीशहरूको हडताल।संसद प्रतिपक्षी दलको अवरोध र सरकारी अकर्मण्यताको शिकार। सरकार ब्रम्हलुट/सर्वसत्तावादमा लिप्त। यही हो जनयुद्ध/जनआन्दोलनको लक्ष्य?' थापाले भनेका छन्, 'संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भैसक्यो। हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनस्थापनावारे विचार गरौँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell