PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'लोन्ली प्लानेट' को घुम्नैपर्ने उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाल आठौं स्थानमा



'लोन्ली प्लानेट' को घुम्नैपर्ने उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाल आठौं स्थानमा
फोटो : Nikolay Zaborskikh/Shutterstock.com

काठमाडौं : अष्ट्रेलियाको ट्राभल गाइड पुस्तकको प्रकाशक 'लोन्ली प्लानेट'ले नेपाललाई सन् २०२२ मा घुम्नै पर्ने पर्यटकीय गन्तब्यमा सुचीकृत गरेको छ। भ्रमण विश्लेषक, खोज अध्ययनकर्ता, पर्यटकको प्रतिक्रियाका आधारमा नेपाललाई भ्रमण गर्नैपर्ने मुलुकको आठौं स्थानमा राखिएको हो।

उत्कृष्ट भ्रमण गन्तब्यमा परेसँगै पर्यटन उद्योगसँगै समग्र मुलुकमै सकारात्मक प्रभाव पर्ने कोरा टुर्सका सिइओ विजय अमात्यले बताए। लोन्ली प्लानेटमार्फत सीमित खर्च गर्ने पर्यटकको आवगमन वृद्धि हुने उनले जानकारी दिए।

'यो नेपालकै लागि गौरवको कुरा हो। लोन्ली प्लानेटमार्फत सीमित खर्च गर्ने पर्यटकको चहलपहल वृद्धि हुने देखिएको छ। सोलो ट्राभलको सहभागिता बढ्ने देखिएको छ। यसो हुँदा मुलुकको पर्यटन र पर्यटकीय गन्तब्यको प्रचार प्रसारमा थप टेवा पुग्ने दखिएको छ,' अमात्यले भने।

विशेषगरी यी पर्यटकमार्फत साना होटल र होमस्टे लाभान्वित हुने उनले जानकारी दिए। उनका अनुसार पछिल्लो समय आउँदो सिजनका लागि हाइ इन्ड पर्यटकको बुकिङ उल्लेख्य रुपमा वृद्धि हुँदै आएको छ। 'यो नोभेम्बर २० तारिखपछि लगभग सिजन सकिँदै छ। आउँदो मार्चदेखि स्प्रिङ सुरु भएसँगै एक्सपिडिसन, कल्चर टुर, साइट सिनका लागि आउने पर्यटकको अग्रिम बुकिङ आउन सुरु भइसकेको छ।'

लोन्ली प्लानेटले घुम्नै पर्ने मुलुकको सूचीमा कुक आइल्याण्ड, नर्वे, मरिसस, वेलिज, स्लोभेनिया, अङ्गुइला, ओमान, नेपाल, मालवी, इजिप्टलाई राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell