PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

१० औं महाधिवेशनमा केन्द्रित एमालेको केन्द्रीय कमिटीको बैठक जारी



१० औं महाधिवेशनमा केन्द्रित एमालेको केन्द्रीय कमिटीको बैठक जारी
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक जारी छ। ललितपुरको च्यासलमा एमलेको केन्द्रीय कमिटीको बैठक सुरु भएको हो। १०औं महाधिवेशनलाई केन्द्रित गरेर बैठक सुरु भएको हो।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा हिजो बिहीवार स्थायी कमिटीले गरेको निर्णयलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ। बिहीवारको स्थायी कमिटीको बैठकले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे मापदण्ड तयार पारेको थियो।

७ लाख ११ हजार पार्टी सदस्यमध्ये १५ सय ३६ प्रतिनिधि चयन गरिने एमालेको निर्णय छ। केन्द्रीय कमिटी केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोगका सदस्य २६२ पदेन हुनेछन्। बाँकी एक हजार १९६ जना भूगोलबाट चयन गरिने छ।

प्रतिनिधिका लागि ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुल्ला हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell