PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

उपसभापति निधिलाई देउवाले तोके कांग्रेसको कार्यवाहक सभापति



उपसभापति निधिलाई देउवाले तोके कांग्रेसको कार्यवाहक सभापति
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापति तोकेका छन्। नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा बेलायत प्रस्थान गरेकाले उनले कार्यवाहकको जिम्मेवारी निधिलाई दिएका हुन्।

आफू बेलायमा रहुन्जेलका लागि देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन्। भ्रमणका क्रममा देउवा अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell