PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई जनकारवाही भन्दै दल्यो कालोमोसो



सुमित मिश्र

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई जनकारवाही भन्दै दल्यो कालोमोसो

जनकपुर : सिके राउत नेतृत्वका विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई जनकारबाही भन्दै कालोमोसो दलेका छन्।

शुक्रबार सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरुले दुर्व्यवहारसहित कालोमोसो दलेर जनकारवाही गरेका हुन्।

उनीहरु पाँच सुत्रीय विभिन्न माग राख्दै चार दिनदेखि आन्दोलनरत्त छन्। विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्नेलगायतका माग राखी चार दिनदेखि आन्दोलनरत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell