काठमाडौं : नेपाल बार एसोसिएसनको परिसमा अधिवक्ताहरु बिच कुटाकुट भएको छ।
अधिवक्ता भूमिनन्द चुडाँल कुटिएका छन्। अर्का अधिवक्ता विराट न्यौपानेले आफूलाई पिटेको चुडाँलले आरोप लगाएका छन्। इजलास निरन्तर हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएपछि आफूलाई पिटेको चुडालको आरोप छ।
'मिडियामा न्यायालय विरुद्धमा किन बोलिस र द्वन्दकालका मुद्दा किन हेरिस भन्दै हात हाले मेरो कोट पनि च्यात्तिएको छ। बहस गर्न आएको थिएँ।
अब म कानुनी प्रक्रियामा जान्छु,' चुडाँलले भने। यद्यपि उक्त घटनाको भिडियोमा चुडाँल पनि हातपातमा उत्रिएको देखिन्छ। कुटपिटमा उत्रने दुबै कांग्रेस निकट डेमोक्रेटिक लयर्स् एसोसियनमा आवद्ध छन्।