PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हृदयघातका कारण दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको निधन



हृदयघातका कारण दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको निधन
Photo: indianexpress.com

दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको निधन भएको छ। उनको आज हृदयघातका कारण बेंग्लोरको विक्रम अस्पतालमा निधन भएको हो

स्वास्थ्यमा समस्या आएपछि आज बिहान उनलाई बेंग्लोरको विक्रम अस्पतालमा भर्ना गरिएको थियो। उनको आइसीयूमा उपचार चलिरहेको थियो। तर, उपचारकै क्रममा उनको ४६ वर्षको उमेरका निधन भएको अस्पतालले पृष्टि गरेको छ।

पुनीत चर्चित अभिनेता राजकुमारका छोरा हुन्। बाल कलाकारको रुपमा पुनीतले कलाकारिता करियर शुरु गरेका थिए। उनले उत्कृष्ट बाल कलाकारको रुपमा राष्ट्रिय अवार्ड समेत पाइसकेका छन्।

पुनीतले २९ भन्दा बढी कन्नड भाषाको फिल्ममा काम गरिसकेका छन्। उनी ‘अप्पु’, ‘राम’, ‘भिरा कन्नडिगा’, ‘अजय’, ‘मिलाना’, ‘अनजनी पुत्र’ लगायतका फिल्महरुमा देखिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell