PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ललितपुरमा श्रृंखलावद्ध चोरी गर्ने तीन जना पक्राउ



ललितपुरमा श्रृंखलावद्ध चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं : ललितपुरमा श्रृंखलावद्ध चोरीका घटनामा संलग्न तीन जनालाई प्रहरी पक्राउ गरेको छ। ललितपुरका विभिन्न होटल, रेस्टुरेन्ट तथा कन्सल्टेन्सीमा भएका चोरीका घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा रामेछापको साबिक बाम्तीभण्डार गाविस वडा नम्बर ३ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ टौखेल बस्ने २४ वर्षीय बिराट राई, गोदावरी-३ बस्ने २३ वर्षीय विशाल तामाङ र एक जना १४ वर्षीय किशोर रहेका छन्।

ललितपुर-१९ कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, केकेएफसी रेस्टुरेन्ट, लाईट फोटो स्टुडियो, कोपि.के लाफिङ सेन्टर नामक होटल र गोदावरी-३ टौखेलस्थित रिता थापा क्षेत्रीको घरकोठामा विभिन्न मितिमा भएको चोरी घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई चोरीका सामानहरुसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध चोरीसम्बन्धि मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell