PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले घोषणा गर्‍यो चरणबद्ध आन्दोलन, यस्ता छन् विरोधका कार्यक्रम



प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले घोषणा गर्‍यो चरणबद्ध आन्दोलन, यस्ता छन् विरोधका कार्यक्रम
फाइल फोटो

काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै चरणबद्ध आन्दोलनक घोषणा गरेको छ। आज बसेको बारको बैठकले तिहारअघिको चार दिने आन्दोलन घोषणा गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।

'हामीले तिहारअघिका आन्दोलन घोषणा गरेका छौं। यो चरणबद्ध आन्दोलन हो। तिहारअघिका ४ दिन हामीले आन्दोलन गर्ने निर्णय गरेका छौं,' बारका महासचिव पौडेलले भने।

बारले सर्वोच्चमा पहिलो दिन कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने भएको छ। त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बारले जनाएको छ।

प्रधानन्यायाधीशविरुद्धको विरोधका कार्यक्रमबारे देशभर रहेका बारका ९० वटा इकाईसँग भर्चुअल माध्यमबाट छलफल गरी थप विरोधका कार्यक्रमसमेत गर्ने पौडेलले जनाए। प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि विरोधका थप कार्यक्रम ल्याउने उनले बताए।

पछिल्लो समय विवादमा आएपछि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले विभिन्न कार्यक्रम गर्दै आएको छ।

यस्ता छन् विरोधका कार्यक्रम

  • मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने।
  • मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने।
  • न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन(नेबाए)को निर्णयको बारेमा ९० वटै बार एकाईहरुमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।
  • नेबाएका ९० वटै बार एकाईहरुका अध्यक्ष र सचिवज्यूहरुसँग भचुयल (जम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव सङ्कलन गर्ने।
  • उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell