PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संविधान संशोधन गर्दै सरकारको मुख्य जोड समृद्धि र विकासमा : शिक्षामन्त्री देवेन्द्र पौडेल



संविधान संशोधन गर्दै सरकारको मुख्य जोड समृद्धि र विकासमा : शिक्षामन्त्री देवेन्द्र पौडेल

वीरगंज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समृद्धि र विकास सरकारको मुख्य एजेन्डा रहेको बताएका छन्। नारायणी एफएम वीरगंजको १६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका शिक्षामन्त्री पौडेलले देश संघीयतामा गइसकेको र समृद्धि र विकासको लागि संविधानमा समावेशी आधारमा सबैको हकअधिकार सुनिश्चित हुनु पर्नेमा केही हक पाएको र केही हक नपाएको भन्दै उनले आगामी दिनमा संविधान संशोधन गर्ने काम बाँकी रहेको बताए। उनले प्रदेश २ अर्थात मधेसको माग र विकास जबसम्म हुँदैन तबसम्म देश विकसित र समृद्ध नहुने भएकोले मधेसको हकअधिकारको लागि पनि संविधान सशोधन गरी सम्पन्न बनाउने तिर सरकारको ध्यान रहेको बताए।

उनले वीरगंजको भ्रमणको क्रममा वीरगंजस्थित त्रिजुद्ध र एक मदार्साको अवलोकन गरी शिक्षाको गुणस्तरबारे पनि स्थलगत अवलोकन गरी जानकारी लिएका थिए। उनले निजी क्षेत्रका विद्यालय सञ्चालक तथा शिक्षकहरुको समस्याबारे आफूले सुझाव संकलन गरी लागिरहेको चर्चा गर्दै वीरगंजका मेयर विजयकुमार सरावगीले गरेको पछिल्लो ४ वर्षको कार्यकालको पनि प्रशंसा गरे।

मन्त्री पौडेलले वीरगंजका मेयर सरावगीले कोभिडको बेला खेलेको भूमिका, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा राम्रो काम गर्दै गएकोमा पनि खुशी व्यक्त गरे। उनले नारायणी एफएमले आगामी दिनमा पनि प्रगतिको कामना गरोस् भनी शुभकामना दिएका थिए।

सोही अवसरमा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले प्रदेश २ सरकार प्रदेशका सञ्चारगृहको लागि सदैव सहयोगी बन्ने बताए। उनले सत्यतथ्य सूचना सम्प्रेशण गर्नु हरेक मिडियाको धर्म भएकोले पनि भ्रामक सूचना स्रम्प्रेशण नगर्न अपिल गरे।

कार्यक्रममा वीरगंजका मेयर सरावगी, रेडियोका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई, संस्थापक स्टेशन म्यानेजर डा शिव तिवारी, समाचार प्रमुख क्रान्ति शाहलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १२ जनालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell