PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जबरजस्ती करणी प्रयास गरेको अभियोगमा वीरगंजबाट दुई जना पक्राउ



जबरजस्ती करणी प्रयास गरेको अभियोगमा वीरगंजबाट दुई जना पक्राउ

वीरगंज : जबरजस्ती करणी उद्योगको अभियोगमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज २१ लिपनीविर्ताका २० वर्षीय विकर ठाकुर हजाम र सोही स्थानका २५ वर्षीय अनिल महतो कोइरी रहेका छन्।

गत मंगलवार बिहान ६ बजे ट्युसन पढ्न गइरहेकी एक १६ वर्षीया किशोरीलाई दुवैले मिलेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ। बाटोमा लुकेर किशोरीलाई नियन्त्रणमा लिई नजिकको एक स्टुडियोमा लगी ठूलो गीत बजाएर जबरजस्ती करणी गर्न खोज्दा स्थानीयले होहल्ला सुनेपछि किशोरीको उद्धार गरेका थिए।

पछि किशोरीको अभिभावकले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले दुवैलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्दामा अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell