काठमाडौं : ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले हात पारेको छ।
आज पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई प्रकाश र मीनाको समूहले भोटमा पछि पार्दै विजयी भएको हो। बालचन्द्र बराल र शोभा कार्कीको समूह दोस्रो भएको छ।
उपाधिसँगै उनीहरुले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफीसँगै १० लाख रुपैया र ५० लाख बराबरको जीवन बीमा पुरस्कार पाएका छन्।
त्यस्तै, सविन आचार्य र रीता रावतको समूहले तेस्रो स्थान हासिल गरेको छ। राजेन्द्र पाठक र मीना नेपाल समूह सान्त्वना पुरस्कार पाएको छ। तृतीय र सान्त्वना समूहले क्रमश: तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन्।
‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा रहेका थिए।