PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

एमाले महाधिवेशन : हेटौँडामा सालिकराम पुडासैनीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन



एमाले महाधिवेशन : हेटौँडामा सालिकराम पुडासैनीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन

हेटौँडा : मकवानपुरका ६ वटा पालिकामा नेकपा (एमाले)को पालिका अधिवेशन सकिएको छ। हेटौँडा उपमहानगर कमिटीमा भएको अधिवेशनले सर्वसम्मत रुपमा सालिकराम पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको हो। कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचिवमा बोलबहादुर कार्की, उपसचिवमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ लगायत ८५ सदस्य कमिटी चयन भएको हो।

यसैगरी, एमालेको भिमफेदी गाउँपालिकाको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा सानू थापा मगर चयन भएका छन्। उपाध्यक्षमा शिवराज पुडासैनी, सचिवमा शिव रुम्बा, उपसचिवमा काशीराम बज्यु र मंगलादेवी श्रेष्ठ लगायत ५७ सदस्यीय कमिटी चयन भएको छ।

इन्द्रसरोबर गाउँपालिकामा देवकृष्ण पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। सो कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनविर स्याङ्तान, उपसचिवमा बैकुण्ठ थापा र उमा लामा चयन भएका छन्।

यस्तै, बकैया गाउँपालिका कमिटीको अध्यक्षमा गोपाल दाहाल चयन भएका छन्। बकैया गाउँपालिका अधिवेशनले दाहालको नेतृत्वमा सर्वसम्मत रुपमा ७५ सदस्यीय नयाँ पालिका कमिटी गठन गरेको हो।

कमिटीको उपाध्यक्षमा सुस्मिता घोरासैनी, सचिवमा फुलमान भोम्जन, उपसचिवहरुमा याङ्ग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान चयन भएका छन्।

राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउँपालिकामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ। विहीवार सम्पन्न अधिवेशनबाट राक्सिराङ्ग गाउँपालिका कमिटीको अध्यक्षमा रोहन लामा सर्वसम्मत चयन भएका थिए। उनको नेतृत्वमा उपाध्यक्ष रंजिता घलान, सचिवमा दिनेश चेपाङ, उपसचिवहरुमा सञ्च बहादुर चेपाङ र दिनेश वाईवा चयन भएका थिए।

त्यस्तै, कैलाश गाउँपालिका एमालको अध्यक्षमा पुन्य भण्डारी चयन भएका छन्। शुक्रवार भएको पालिका अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत ७५ सदस्यीय पालिका कमिटी चयन गरेको छ। कमिटीको उपाध्यक्षमा छेकु लामा, सचिवमा राजकुमार गोले, उपसचिवहरुमा गौरी बर्तौला र ओम कुमार मोक्तान चयन भएका हुन्।

थाहा नगरपालिका, बाग्मति गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकामा सहमति भइनसकेकाले भोलिसम्म नतिजा आउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell