काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजिनामा माग्दै नेपाल बार एसोसिएसन आन्दोलित भएको छ। आइतवार बिहान हातमा कालोपट्टी बाँधेर बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसमा आन्दोलनमा उत्रिएका हुन्।
प्रधानन्यायाधीश जबराले सत्तासँग साझेदारी खोजेर न्यायालयको इतिहासमै सर्वोच्च अदालतमा धब्बा निम्त्याएको आरोप लगाउँदै न्यायाधीशहरुले इजलाससमेत बहिस्कार गर्दै आएको छ। यही आरोपमा नेपाल बार एसोसिएसनले आन्दोलन शुरु गरेको हो। बारले यसअघि जबरालाई पदबाट राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।
प्रधानन्यायाधीश जबराले राजिनामा नदिने अडान राखेपछि बार चरणबद्ध आन्दोलनमा उत्रेको हो। बारले तिहारअघि चार दिनसम्म लगातार आन्दोलन गर्ने जनाएको छ।