PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

फोहोरको ट्याक्टर चलाए वडा अध्यक्षले, फोहर डम्पिङ चाहिँ नगर प्रमुखको घर अगाडि!

फोहोरको ट्याक्टर चलाए वडा अध्यक्षले, फोहर डम्पिङ चाहिँ नगर प्रमुखको घर अगाडि!

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडा अध्यक्षहरुले नगर प्रमुखको घर अगाडि फोहोर लगेर थुपारेका छन्।

दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उप महानगरका केही वडा अध्यक्षहरुले नगरप्रमुख लालकिशोर शाहको घर अगाडि फोहोर थुपारेका हुन्। नगर प्रमुखले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले वडा नम्बर १ का अध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले नगर प्रमुखको घर अगाडि फोहोर थुपारेका हुन्।

ट्याक्टरमा फोहोर संकलन गरेर वडा अध्यक्ष जानकीराम साह आफै ट्रैक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्‍याएका थिए। फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्याक्टरसम्म उपलब्ध नगराएकाले विरोध स्वरुप नगरप्रमुखको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साहले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell