PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने जिल्ला अदालतको आदेश सर्वोच्चद्वारा बदर



हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने जिल्ला अदालतको आदेश सर्वोच्चद्वारा बदर

काठमाडौं : सर्वोच्च अदालतले सैनिक अदालतमा मुद्दा सुम्पने निर्णय गर्ने उच्च र जिल्ला अदालतको आदेश बदर गरेको छ। चितवन जिल्ला अदालतमा विचाराधीन मुद्दा सैनिक अदालतमा पठाउने गरी भदौ १ गते आदेश गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मुद्दा सैनिक अदालतमा पठाउने दुई तहका अदालतको आदेश बदर गरेको हो। उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सर्वोच्चमा रिट दर्ता भएको थियो।

कर्तव्य ज्यानसमेत जोडिएको मुद्दा नियमित अदालतबाटै सुनुवाइ हुने भन्दै प्रधानन्यायाधीश जबराको इजलासले सो आदेश गरेको हो।

हतियार चोरी र हत्याको अभियोग लागेका गंगाधर ढकालको मुद्दा जिल्ला अदालतले चितवनले सैनिक अदालतमा पठाउने आदेश गरेको थियो। सो आदेशलाई उच्च अदालत पाटनको हेटौँडा इजलासले पनि सदर गरेको थियो।

उच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सैनिक अदालतले भने ढकाललाई भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरि जन्मकैदको सजाय सुनाइसकेको छ। सर्वोच्चको आदेशसँगै उक्त फैसला भने अब निष्क्रिय हुनेछ। जबराको एकल इजलासबाहेक अन्य इजलास आज बसेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell