काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता गर्न विद्रोही न्यायाधीशहरुले वार्ता समूह गठन गरेका छन्। प्रधानन्यायाधीश जबराको इच्छा अनुसार नै विद्रोही न्यायाधीशहरुले वार्ता समूह गठन गरेको बताइएको छ।
प्रधानन्यायाधीश जबराले न्यायाधीश मनोज शर्मामार्फत वार्ताको लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ।
‘प्रधानन्यायाधीशले नै सानो समूहसँग कुरा गर्ने इच्छा राखेका हुन्,’ स्रोत भनेको छ।
वार्ता समूहमा न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, मनोज शर्मा रहेका छन्। जबरा निकटहरुका अनुसार प्रधानन्यायाधीशले केही समय बिदामा बस्ने इच्छा समेत गरेका छन्।