PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

देशको परिस्थिति सहज नरहेको रामचन्द्र पौडेलको भनाई, ओलीमाथि लगाए अदालतमा सेटिङ गरेको आरोप



देशको परिस्थिति सहज नरहेको रामचन्द्र पौडेलको भनाई, ओलीमाथि लगाए अदालतमा सेटिङ गरेको आरोप
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देशको परिस्थिति सहज नरहेको बताएका छन्। आइतवार साँझ जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले यस्तो बताएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत ठप्प रहेको विषयमा कांग्रेसको धारणाबारे प्रश्न गरेपछि पौडेलले लोकतान्त्रिक संस्थाहरु एक एक गरी कमजोर हुन थालेको बताए।

'वास्तावमा अहिले देशमा परिस्थिति सहज छैन। संसद राम्रोसँग चलेको पाएन। यतातिर अदालतको अवस्था यस्तो छ,' पौडेलले भने, 'लोकतन्त्रको संस्थाहरुको एक एक गरेर कमजोर भइरहेको छ। यसकारण मैले यो अवस्थामा सहज रुपले हेरिरहेको छैन। अदालत चलिरहेको छैन। बारले असन्तोष जनाएको छ। विरोधका कार्यक्रम अगाडि ल्याएको छ।'

यो असन्तोषको सम्बोधन गर्न सबै राजनीतिक दलहरुले छलफल थाल्नुपर्ने सुझाव पौडेलको रह्यो। सत्तामा रहेका दलहरु र प्रतिपक्षी दलले पनि यसबारे छलफल गरी निकास दिनुपर्ने उनको भनाई थियो।

'राजनीति पार्टीहरुले के गर्ने छलफल गर्नुपर्ने अवस्था आएको छ। मैले आफ्नो सभापतिलाई भनिसकेको छु। गठबन्धन सरकारले पनि सोच्ने कुरा हो यो,' वरिष्ठ नेता पौडेलले भने, 'प्रतिपक्षीले पनि सोच्ने कुरा हो यो।' नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशमाथि कुरा उठाएर गल्ती गरेको आरोप लगाए। यसैगरी उनले ओलीले अदालतमा सेटिङ गरेकाले पनि यस्तो प्रश्न उठाएको हुनसक्ने आशंका व्यक्त गरे। 'केपी ओलीले चारवटा न्यायाधीशमाथि पनि कुरा उठाउनुभएको छ। उहाँले गलत गरिरहनुभएको छ,' नेता पौडेलले भने, 'जसमाथि प्रश्न उठ्छ उहाँहरुमाथि प्रश्न उठाउने हो। अन्य न्यायाधीशमाथि किन प्रश्न गर्नुहुन्छ? उहाँले अदालतमा सेटिङ गर्नुभएको थियो हिजो।'

नेता पौडेलले अहिले अर्ली इलेक्सनको हुने कुरै नरहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वको गठबन्धन सरकार पुरा कार्यकाल रहने ठोकुवा गरे। निर्वाचनमा तालमेल हुन्छ कि भन्ने प्रश्नको जवाफमा पौडेल यो निर्वाचनकै बेला थाह हुने बताए। 'हाम्रो पार्टी त एक्लै लड्दै आएको पार्टी हो नि। यसपटक पछिसम्म के के हुन्छ। हेर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell