PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

'न्यायालय क्षेत्र लथालिंग राखेर प्रधानमन्त्री देउवाले बेलायतमा कसरी टाउको देखाउलान्?'



'न्यायालय क्षेत्र लथालिंग राखेर प्रधानमन्त्री देउवाले बेलायतमा कसरी टाउको देखाउलान्?'
फाइल फोटो

काठमाडौं : पूर्व राष्ट्रपति डा रामवरण यादवले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले सत्तामा भागबण्डा खोजेर देशको अवस्था लथालिंग भएको आरोप लगाएका छन्। आइतवार ‘विपी विचार, नीति र व्यवहार’ नामक किताब विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले यस्तो अवस्थाको समाधान नगरी प्रधानमन्त्री शेरबहादुर देउवाको टोली बेलायत भ्रमणमा जानु बेठीक भएकोसमेत बताए।

'कहिले सुन्नुभएको थियो यो प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भाग खोजेको छ भनेर? त्यसै हावा बग्या छ? प्रधानन्यायाधीशलाई पत्याएन भने देश कहाँ जान्छ?' यादवको प्रश्न थियो।

यस्तो अवस्थामा सरकारले कुटनीतिक तवरले समस्या समाधान गर्नुपर्नेमा केही नगरेको यादवको ठोकुवा थियो। 'देशको प्रथम प्रतिनिधि को हो? सरकार हो। सरकाले आफ्नो ट्र्याक टु डिप्लुमेसीबाट त्यसालाई सल्भ गर्नुपर्दैन?' यादवले प्रश्न गरे।

न्यायालयलाई यस्तो अवस्थामा छाडेर प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जाँदा प्रश्न उठ्ने उनको भनाई थियो। 'आज सरकारको सामुन्नेमा हाम्रो प्राइममिनिस्टर बेलायत जानुभएको छ। तर आज बेलायतीको सामुन्ने वा संसारको सामुन्ने नेपालको न्यायालय यो अवस्था छ। के कसरी हामीले आफ्नो टाउको संसारको सामुन्ने देखाउने?' यादवले थप प्रश्न गरे, 'अहिले पनि पिस प्रोसेस पुरा भएको छैन। आन्दोलनहरु भएको थियो अहिले पनि युएनमा प्रश्न उठ्दैन। नेपालको अदालत लथालिंग छ भनेर।'

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै नेपाल बार एसोसिएसन आन्दोलित छ। जबराले पदबाट राजिनामा नदिने बताउँदै आएका छन्। सत्ता गठबन्धनले भने यसबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन। अदालतको इतिहासमा प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भागबण्डा पहिलोपटक खोजिएको भन्दै जबराको चौतर्फी विरोध हुन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell