PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कैलालीमा चक्कु प्रहार गरी एक जनाको हत्या, एक जना पक्राउ



कैलालीमा चक्कु प्रहार गरी एक जनाको हत्या, एक जना पक्राउ
फोटो : जिल्ला प्रहरी कार्यालय कैलाली

कैलाली : कैलालीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय अनुप साउदको हत्या भएको हो।

प्रहरीले उनको हत्यामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका-३ का १८ वर्षीय किरण साउद रहेका छन्।

दुवै जनाबीच शुक्रवार राति साढे १० बजे सामान्य वादविवादकै क्रममा टीकापुर-८ स्थित कालीमाटीमा झडप भएको र सोही झडपको आक्रोशमा किरणले चक्कु प्रहार गर्दा अनुप गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको विष्टले बताए। हत्या अभियोगमा पक्राउ परेका किरण इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell