PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपालका अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर रिलिज



नेपालका अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर रिलिज

काठमाडौं : अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म १९ नोभेम्बरदेखि भारत सहित अन्य केही देशमा रिलिज हुँदैछ।

यस फिल्ममा नेपालका अनुप थापाको लेखन तथा निर्देशन रहेको छ। फिल्मले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ। आफ्नो निर्देशनमा बनेको बलिउड फिल्मलाई लिएर उत्साहित रहेको निर्देशक थापाले बताए।

कमेडी शैलीको फिल्ममा वीरज राव, मनुकृति पह्वा, मनिक्क चौधरी, सिमा पह्वा, ब्रिजेंद्र कला लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

शिवम् अग्रवाल निर्माता रहेको फिल्ममा शकिल ए खानको छायांकन, सुन्दर पठुरीको सम्पादन रहेको छ। फिल्मलाई टुइडिएट म्युजिकले बजारमा ल्याउन लागेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell