PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ग्लास्गोमा देउवा र मोदीको भेट



ग्लास्गोमा देउवा र मोदीको भेट

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी विश्व नेताहरुको शिखर बैठक सम्मेलनस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन्। उक्त भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि उपस्थित थिए।

भेटमा अनौपचारिक कुराकानी भएको बताइएको छ। उक्त भेटको फोटो ट्वीट् गर्दै भारतीय प्रधानमन्त्री मोदीले दिगो विकासका लागि सँगसँगै काम गर्न महत्वपूर्ण भएको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell