PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सामाजिक सञ्जालबाट टाढिए शिल्पाका श्रीमान राज कुन्द्रा



सामाजिक सञ्जालबाट टाढिए शिल्पाका श्रीमान राज कुन्द्रा
File Photo : Deccan Herald

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा केही समयअघि नै जमानतमा छुटेका थिए। जेलबाट रिहा भएदेखि उनी सार्वजनिक ठाउँमा देखिएका छैनन्। शिल्पा शेट्टी सुटिङमा व्यस्त भएपनि उनका श्रीमान गुमनाम जस्तै छन्।

यसैबीच, राज कुन्द्राले आफ्नो सोसल मिडिया अकाउन्टहरु डिलिट गरेका छन्। पक्राउ पर्नुअघि राज कुन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय थिए। उनी शिल्पासँगको रमाइलो भिडियो समेत पोष्ट गर्थे। तर, अब राज कुन्द्राले सामाजिक सञ्जालबाट टाढा रहने फैसला गरेका छन्।

रिहाईपछि उनी दर्शकको नजरबाट आफूलाई टाढा राख्न चाहेको बुझ्न सकिन्छ। किनकी उनले आफ्नो इन्स्टाग्राम र ट्विटरको आधिकारिक पेज डिलिज गरेका छन्।

अश्लील फिल्म बनाएको अभियोगमा राज कुन्द्रालाई पक्राउ गरिएको थियो। दुई महिना जेलमा बसेपछि उनले जमानत पाएका थिए। रिहाई भएपनि उनी मिडियाबाट पनि टाढा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell