PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

सकियो फिल्म ‘म राजेश हमाल’को छायाङ्कन



सकियो फिल्म ‘म राजेश हमाल’को छायाङ्कन

काठमाडौं : अभिनेता राजेश हमालको जीवनबाट प्रेरित फिल्म ‘म राजेश हमाल’को छायाङ्कन सकिएको छ। ५० औँ दिनमा हिजो फिल्मको छायाङ्कन सकिएको निर्माता केदार भुसालले जानकारी दिए। फिल्मको छायाङ्कन कैलाली जिल्लाको सेरोफेरोमा गरिएको थियो।

‘फिल्मको सेड्युल ३५ देखि ४० दिनको थियो। तर, प्राविधिक समस्या र मौसम खराबका कारण छायाङ्कनमा केही ढिलाइ भएको हो,’ उनले बताए।

अब फिल्मको पोस्ट प्रोडक्सनको काम गर्ने र रिलिजबारे भने नसोचेको उनको भनाइ छ। फिल्मको कथा सुपरस्टारको इमोसनमा केन्द्रित छ।

यो फिल्म राजेश हमालको जीवनबाट प्रेरित भएता पनि उनको बायोपिक नभएको समेत भुसालले खुलाए। फिल्ममा थोरै भएपनि राजेश हमालको भूमिका रहेको उनले बताए।

फिल्ममा आर्यन सिक्देल, सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवन राज उप्रेती, प्रविन खतिवडा, सञ्जोग रसाइली र अस्मिता लामिछानेलगायतको भुमिका छ।

फिल्ममा जोन योञ्जनको रुपमा परिचित विक्रम लामाको निर्देशन रहेको छ। उनले यसअघि ‘१२ सत्ताइस’को निर्देशन समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell