PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले गरे पदभार ग्रहण



नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले गरे पदभार ग्रहण

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री शाहीले मंगलवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि मुख्यमन्त्रीको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

सोमवार महेन्द्र बहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख कलौनीले नयाँ सरकार गठका लागि दावी पेश गर्न आज रातको ७:३० बजेसम्मको समय दिएका थिए। शाहीले आजै आफ्नो दलसँगै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत गठबन्धनका सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गरेका थिए। शाही १६ महिनाको कार्यकालका लागि मुख्यमन्त्री चयन भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell