PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

टी-२० विश्वकप : पाकिस्तान सेमिफाइनलमा, नामिबिया ४५ रनले पराजित



टी-२० विश्वकप : पाकिस्तान सेमिफाइनलमा, नामिबिया ४५ रनले पराजित
Photo: T20WorldCup/Twitter

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नामिबियालाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान जारी विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तान जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि ओपनरद्वय मोहम्मद रिजवान र कप्तान बाबर आजमले अर्धशतक प्रहार गरे। रिजवानले ५० बलमा ८ चौका र ४ छक्काको मद्दतले अभिजित रहँदै ७९ रन बनाउँदा आजमले ४९ बलमा ७ चौकाको मद्दतले ७० रन जोडे। त्यस्तै, मोहम्मद हाफीजले ३२ रन बनाउँदा फखर जमानले ५ रन जोडे।

बलिङतर्फ नामिबियाका डेभिड विस र जेन फ्राइलिंकले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रन बनाउँदा क्रेग विलियम्सले ४०, स्टेफान बार्डले २९, कप्तान जेर्हार्ड इरासमसले १५ रन जोडे।

पाकिस्तानका हसान अली, इमाद वासिम, ह्यारिस राउफ र शदाब खानले समान १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell