
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पक्षमा बहुमत पाएपछि केन्द्रदेखि प्रदेशसम्म एकछत्र राज गरेको थियो नेकपाले। माओवादी र आफ्नै नेताद्वय माधव नेपाल र झलनाथ खनालको असन्तुष्टिलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न नसकेपछि नेकपा तीन टुक्रा भयो।
अनि एकपछि अर्को गर्दै केन्द्रीय सरकारमात्र हैन आफू पक्षीय सबै प्रदेश सत्ताको नेतृत्व गुमाएको छ एमालेले। अनेक प्रयासका बाबजुद प्रदेश १ बाट एमालेका भीम आचार्यले पनि सत्ताको नेतृत्वबाट हात धुँदै बिदा लिएका छन् मंगलवार। उनको बहिर्गमनसँगै सत्ताबाट एमाले 'अलआउट' भएर बनेको छ प्रतिपक्षी।