PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

वृत्तचित्र 'निलो आकाश', जसले भन्छ बादी महिलाहरुको कथा



वृत्तचित्र 'निलो आकाश', जसले भन्छ बादी महिलाहरुको कथा

काठमाडौं : गत साता चलचित्र विकास बोर्डको हलमा नेपाली वृत्तचित्र ‘निलो आकाश’ देखाइएको थियो। लव प्याकुरेलको सम्पादन र निर्देशनमा पाँच वर्षअघि निर्माण गरिएको उक्त वृत्तचित्रमा केही विषय र पात्रलाई परिमार्जन गरिएको छ।

नेपाली फिल्ममा परम्परागत शैलीभन्दा भिन्न सिर्जनशील दृष्टिकोणयुक्त सो वृत्तचित्रले आमकथालाई आफ्नो कथावाचन शैली र प्रस्तुतीकरण गरेको छ। वृत्तचित्रले विषयवस्तुको वास्तविकतालाई सरल र स्पष्टरूपमा पस्किएको छ। कूल ४५ मिनेटको ‘निलो आकाश’ महिला केन्द्रित वृत्तचित्र हो। जसमा समावेश गरिएका अधिकांश पात्र महिला छन्, जो कुनै समय यौन पेशामा संलग्न थिए।

नेपालमा देह व्यापारमाथि चर्को बहस भइरहेको छ। मानव बेचबिखनविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाले राम्रै आर्थिक सहयोग गरेका छन्। विभिन्न अभियानहरु पनि संचालनमा छन्। नारीमाथि भइरहेको चर्को शोषणका साथसाथै मानव बेचबिखनविरूद्ध प्रयोग भएको धनराशिको दुरूपयोगबारे पनि यो फिल्ममा खुलासा गरिएको छ।

यो वृत्तचित्रलाई बादी महिलाहरुमा समर्पित गरेको निर्देशक लव प्याकुरेल बताउँछन्। भन्छन् 'ती आडम्बरी पुरूष सत्ता जसले नारीलाई देहव्यापारको माध्यम बनाएका छन्, सामाजिक अन्तर्विरोधको घोर दुरूपयोगद्वारा आर्थिक लाभ लिन लालायित पुरूषको स्खलित पक्षमाथि मैले वृत्तचित्रमा चर्चा गरेको छु। यो वृत्तचित्रलाई बादी महिलामा समर्पित गरेको छु।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell