PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा र बिचौलिया २१ हजार घुससहित पक्राउ



वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा र बिचौलिया २१ हजार घुससहित पक्राउ

काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेमप्रसाद काफ्ले घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले 
दुवैलाई सोल्टिमोडस्थित रेडक्रस मार्गको सडक किनारबाट नियन्त्रणमा लिएको हो।

पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरेको अख्तियारले जनाएको छ। पोखरेलले बिचौलियाको काम गर्ने काफ्लेमार्फत २१ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले पोखरेल र बिचौलिया काफ्लेलाई पक्राउ गरेको हो।

उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell