PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रेडियो काठमाण्डुको प्रसारण क्षमता वृद्धि



रेडियो काठमाण्डुको प्रसारण क्षमता वृद्धि

काठमाडौं : हाम्रो ब्रोडकास्टिङ कम्पनीद्वारा सञ्चालित रेडियो काठमाण्डु ९२.१ मेगाहर्जले आफ्नो प्रसारण क्षमता वृद्धि गरेको छ। आजबाट रेडियोको प्रसारण क्षमता एक हजार वाट पुगेको रेडियो काठमाण्डुका अध्यक्ष युपी लामिछानेले बताए।

'विसं २०७३ साल बैशाख १ गतेबाट औपचारिक प्रसारण सुरु गरेको रेडियोको प्रसारण क्षमता वृद्धि गरी एक हजार वाट पुर्‍याएका छौं,' अध्यक्ष लामिछानेले भने, ‘परिवर्तन सम्भव छ भन्ने मूल नाराका साथ काठमाडौंको चाबहिलबाट प्रसारण भइरहेको रेडियो काठमाण्डु क्षमता वृद्धिसँगै अब स्रोतमाझ अझै परिष्कृत र स्पष्टरूपमा सुनिने विश्वास छ।'

 एफएम फ्रिक्वेन्सीसँगै रेडियो काठमाण्डु डटकम र फेसबुकमा समेत प्रत्यक्ष प्रसारण गर्ने पहिलो रेडियो भएको उनले बताए। 'रेडियोले प्रत्येक घण्टा समाचार, स्रोताको रोजाइअनुसारका सूचनामुलक, शिक्षामुलक, मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीका कार्यक्रम प्रसारण गर्दै आएको छ,' लामिछानेले भने, 'रेडियो काठमाण्डुले उत्पादन गरेका कतिपय कार्यक्रम देशरभरका एक सय बढी रेडियोहरुबाट प्रसारण हुँदै आएका छन्।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell