काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन पुरै समय रहने बताएका छन्। बेलायतबाट आज स्वादेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
प्रधानमन्त्री देउवाको ग्लास्गो भ्रमणको फेहरिस्त प्रस्तुत भएपछि प्रश्नोउत्तरको सेसन शुरु भएको थियो। पत्रकारले प्रश्न राख्न शुरु गर्नु अघि नै देउवाले कोप २६ सम्बन्धीमात्र प्रश्न राख्न आग्रह गरेका थिए।
'यो कोप २६ सम्बन्धीमात्र क्वेसन गर्नुहोला,' शुरुमै देउवाले भने।
तर शुरुमै सत्तारुढ गठबन्धन चुनावसम्म रहन्छ कि रहन्न भन्ने सञ्चारकर्मीको जिज्ञासा आयो। त्यसपछि देउवाले भने, 'मैले नेपालको विषयमा कुरा गर्न चाहन्न भनेकै हो। एउटैमात्र जवाफ दिन्छु। गठबन्धन पुरै समय रहन्छ। कुनै शंका नगरे हुन्छ।' प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विवाद प्रकरणमा देउवाले कुनै भनाई राखेनन्।