PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

फिल्म ‘द गुड महाराजा’मा महाराजाको भूमिकामा देखिँदै सञ्जय दत्त



फिल्म ‘द गुड महाराजा’मा महाराजाको भूमिकामा देखिँदै सञ्जय दत्त

अहिले बलिउड फिल्म ‘द गुड महाराजा’ निकै चर्चामा छ। यस फिल्ममा अभिनेता सञ्जय दत्त अनुबन्धित भएका छन्। फिल्ममा उनी महाराजाको भूमिकामा देखिने पक्का भएको छ।

साथै, प्रिति जिन्टा पनि महारानीको भूमिकामा देखिने सम्भावना छ। उनीसँग यो फिल्मको लागि कुरा भएको भारतीय समाचार माध्यममा उल्लेख छ। यस फिल्ममा सञ्जयका साथै गुलशन ग्रोवर, शरद कपुर, दीपकराज राणा र ध्रुव गुप्ता लगायतको अभिनय रहनेछ।

दोस्रो विश्वयुद्धको कथालाई यस फिल्ममा समेटिएको छ। फिल्मको छायाङ्कन पोल्याण्ड, रुस, जर्मनी, लन्डन र भारतको गुजरातमा हुनेछ। किनभने यी ठाउँहरुसँग फिल्मका कथा जोडिएको छ। फिल्मको पहिलो चरणको सुटिङ पोल्याण्डमा डिसेम्बर देखि शुरु हुनेछ।

निर्देशक विकास वर्माको निर्देशन रहेको फिल्मको बजेट ४ सय करोड रहेको छ। साका पोल्याण्डको जी-७ फिल्म्स पोल्याण्डद्वारा निर्माण गरिने फिल्मलाई सन् २०२२ को क्रिसमसको आसपासमा रिलिज गर्ने योजना छ। सन् २०१७ मा नै यो फिल्म बन्ने घोषणा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell